Banner News

काँग्रेस संसदीय दलको बैठक बस्दै: यस्ता छन् एजेण्डा



काठमाडौँ, ३ फागुन । सत्तारुढ नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

सोमबार विहान बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा संसदको गतिरोध, एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्तावमाथि छलफल हुने छ । यस्तै फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । त्यसका लागि आफ्ना दलका संसदसँग देउवाले छलफल गर्न लागेका छन् ।

सत्ता घटक काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । काँग्रेसले उक्त महाभियोग प्रस्तावमाथि आगामी रणनीति बनाउने छ ।