Banner News

६८० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु



काठमाडौँ, ३ फागुन । थप ६ सय ८० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७४ हजार ४ सय जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ४ सय जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १८ सय ३५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ४२ हजार ७ सय ३७ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय २ जना पुगेको छ ।