काठमाडौँ, ३ फागुन । आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज ५३.३० अंकले बढ्दा सबै उपसमूहमा हरियाली छाएको छ ।
कारोबारमा आएकामध्ये १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनीको सेयर मूल्य घटेको छ । दिनभरजसो झिनो अंकले बढेको बजार अन्तिम घण्टामा बढेपनि कारोबार रकममा भने सुधार भएन ।
आज कुल कारोबार रकम ३ अर्ब २३ करोड ३३ लाख बराबर रह्यो भने सोमबार ३ अर्ब ६८ करोड बढीको सेयर खरिद बिक्री भएको थियो ।










प्रतिक्रिया दिनुहोस्