अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ४ फागुन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १६ सयले घटेर प्रतितोला ९५ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार ६  सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।