Banner News

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटारमा



काठमाडौँ, ४ फागुन । संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको छ ।

सरकारले अघि बढाउन खोजेको एमसीसी परियोजनाबारे संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुग्नुभएको हो । माओवादी केन्द्रले संसदबाट जबरजस्ती अघि बढाउन खोजेको गठबन्धन तोडिने चेतावनी दिएको छ ।