समाचार

फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ



काठमाडौँ, ५ फागुन । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले ३७ वर्षपछि पक्राउ गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिका-१० बस्ने सुनबहादुर तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बुधबार पक्राउ गरेको हो ।

२०४१ चैत १२ गते राति तामाङले चापागाउँ सल्यान गाउँका घटेरो कान्छो भन्ने गणेशबहादुर नगरकोटीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।