महोत्तरी, ५ फागुन । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
गएराती इलाका प्रहरी कार्यालय गौशालाका अनुसार रामनगरतर्फ जाँदै गरेको साइकललाई सोही दिशाबाट आउँदै गरेको स१च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दीदा गौशाला नगरपालिका–११ का ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।एम्बुलेन्स चालकलाई एम्बुलेन्ससहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्