अर्थ

नेप्सेमा सामान्य गिरावट



काठमाडौं, ५ फागुन । आज नेप्से सूचकमा सामान्य गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.९३ अंकले घटेर २७ सय ३२.५२ अंकमा झरेको छ । यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने आज स्थिर रहेको छ । आज करिब २ अंकले घटेको बजारमा कारोबार रकम समेत घटेर २ अर्बमा खुम्चिन पुगेको छ । नेप्सेकाअनुसार यस दिन ४० लाख १७ हजार कित्ता सेयर बजारमा ३४ हजार भन्दा बढी पटक किनबेच हुँदा जम्मा २ अर्ब २७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन यस्तो कारोबार १९ अंक माथिले घटेको बजारमा ३ अर्ब २ करोड ६३ लाख रुपैयाँको भएको थियो ।  आज ट्रेडिङ, हाइड्रोपावर, म्यानु एण्ड प्रो, अन्य र म्युचुअल फन्ड बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् ।