Banner News

प्रतिनिधिसभाको बैठक बस्दै : दलीय सहमति भएमात्र एमसीसी पेश हुने



काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दै छ ।

दसौं अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ ।आजको बैठकमा एमसीसी टेबल गर्ने चर्चा भएपनि संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने उल्लखे छैन् । लामो समयदेखि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

यसअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे बस्ने गरी बैठक तय गरेको उहाँको सचिवालयले जनाएको छ ।