काठमाडौँ, ७ फागुन । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै छ ।
बैठकबाट अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने सो नेताहरुले बताएका छन् । सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरुमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आउनुभएको छ ।
सो पार्टीका महासचिव डा. वेदुराम भुसालले स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा बैठकमा छलफल हुने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्