काठमाडौँ, ७ फागुन । देशभर कोरोनाका ३ सय ५० बिरामी थपिएका छन् ।
७ हजार ९६ जनामा गरिएको परीक्षणमा ३ सय ५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका १ हजार २ सय ७२ संक्रमित संक्रमणमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ ।
सोही अवधिमा कोरोनाका कारण ४ जनाले ज्यान गुमाएका छन् । देशभर अझै पनि १३ हजार ३ सय ५७ कोरोना सक्रिय संक्रमित छन् ।










प्रतिक्रिया दिनुहोस्