एजेन्सी, ९ फागुन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
बीबीसीका अनुसार कोभिडको सामान्य लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो ।
९५ वर्षकी महारानी आउँदाे हप्तासम्म निवासमै जनस्वास्थ्यका मापदण्ड पालना गरेर बस्ने र उनको निरन्तर स्वास्थ्यउपचार भइरहने खबरमा उल्लेख छ ।
उनले कोभिड–१९ विरुद्धको सबै खोप लगाइसकेकी छन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजाबेथ द्वितीयको स्वास्थ्यलाभको कामना गरेका छन ।
प्रतिक्रिया दिनुहोस्