समाचार

विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ



काठमाडौँ, ११ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा ४५ वर्षीय भारतीय नागरिक शतिश परसोत्तम सजनानी पक्राउ परेका हुन ।

प्रहरीले उनको झोलाबाट अमेरिकी डलर २० हजार १५०, नेपाली रुपैयाँ ३१ हजार ६००, इंगल्याण्ड पाउण्ड ५, जर्जिया लरी ५०, भारतीय रुपैयाँ १००, यूइई दिराम १ हजार ३५५लगायतका मुद्रा बरामद गरेको छ ।