Banner News

एमसीसी परियाेजना ५ वर्षभित्रै सक्ने सरकारकाे लक्ष्य



काठमाडौँ, १९ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई पाँच वर्षभित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन  ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको चार दलको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री कार्कीले पाँच वर्षभित्रमा झन्डै ३१५ मिटर प्रसारण लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर देशको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासलाई अघि बढाउनतर्फ सरकार रहेको बताए ।

उनले एमसीसी पास गर्न सहयोग गर्ने राजनीतिक दलहरूले अब एमसीसी समयमै सक्नका लागि पनि एकजुट भएर सहयोग गर्न आग्रह गरे ।मन्त्री कार्कीले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग आग्रह गर्ने बताए । आजको बैठकमा नागरिक विधेयक, हवाई उड्डयन जस्ता विधेयकहरूको बारेमा पनि छलफल भएको उनले जानकारी दिए  ।