काठमाडौँ, २१ फगाुन । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेका कारण आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने बताउनुभएको छ ।
शनिबार काठमाडौँमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेले संसद अवरोध गरिरहने र संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने बताउनुभयो । स्थानीय तहको निर्वाचन भने बैशाख ३० गते नै हुने उल्लेख गर्नुभयो । महामन्त्री थापाले बैशाखमा स्थानीय तहको चुनावपछि आम चुनाव गराउने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘आम चुनाव मंसिरमा हुन्छ वा त्यो भन्दा पहिला हुन्छ मलाई थाहा छैन् । संसद यसैगरी चल्दै गयो भने, संसद यसरी नै चल्न नदिने अवस्था रह्यो भने, संसदको उपहास गर्ने काम नेकपा एमालेले गरिरह्यो भने । हामीले छलफल गर्न आउनुस भनिरहेका छौँ, उहाँहरु आउनुभएन भने त्योबेला संसद किन चलाइरहने भन्ने प्रश्न उठ्नसक्छ । त्यो अवस्थामा अगाडि नै चुनाव हुनपनि सक्छ तर स्थानीय तहको चुनाव बैशाख ३० मै हुन्छ । चुनाव हामी गराउँछौँ र ५ सानदारसँग सरकार चलाएर देखाउँछौं ।’
उहाँले पार्टीको भातृसंस्था र शुभेच्छुकहरुको संगठनलाई क्रियाशील पनि बनाउने, एकरुपता ल्याउने, भातृ संगठनहरुलाई पनि अलि स्वतन्त्र ढंगले, स्वायत्त ढंगले सञ्चालन हुने वातावरण बनाउने, शुभेच्छुक संस्थाको सन्र्दभमा त पार्टीको सम्बन्धलाई एकदम पवित्र राख्नुपर्छ भन्ने कोणबाट अगाडि बढिरहेको बताबताउनुभयो । उहाँले निजामती युनियनमा काँग्रेसको तर्फबाट कोही गुटबन्दी गर्न आउँछ भने त्यसलाई ढोका बन्द गरिदिन आग्रह गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्