समाचार

ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु



बुटवल, २३ फागुन । कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति बाणगंगा नगरपालिका-११ ओदारीमा एमपी ०८ जीए ४०६८ नम्बरको ट्रकले ठक्कर दिंदा स्थानीय अटो रिक्सा चालक २६ वषर्ीय अनिल गाहा मगरको मृत्यु भएको हो ।

लु१ह १९२३ नम्बरको अटो रिक्सालाई ठक्कर दिएपछि करिब ५० मिटर परसम्म घिसार्दा गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।