काठमाडौँ, २३ फागुन । थप ८८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार ५ सय ६७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५० जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ३ सय ७६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५९ हजार ४ सय ६९ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्