काठमाडौँ, २५ फागुन । पश्चिम नवलपरासीको गण्डक नहरमा दुई जना मृत अबस्थामा फेला परेका छन भने दुई जना मध्ये एक जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
नवलपरासी प्रतापपुर गाउँपालिका – ७ सुर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल विद्युत केन्द्र पावर हाउस नजिकै गण्डक नहरमा मृत भेटिएका दुई जनामध्ये एक जना भारतीय नागरिक भएको खुलेको हो । उनी भारतको महारागंज सिम्देउरहवा बस्ने बर्ष ४४ को कम्लेश गौड रहेको प्रहरीले जनाएको छ । अर्का मृतक अन्दाजी ३० बर्षीय युवकको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्