काठमाडौँ, २५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक, नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।
बुधबार पार्टी निकट उद्योगी व्यवसायी महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्दैगर्दा नेपालको राजनीतिक प्रणालीमा पनि केही मौलिकता प्रस्तुत गरेको धारणा राख्नुभयो । त्यस्तो मोडललाई ठिक ढंगले विकास गर्न नसकिएको उहाँले बताउनुभयो ।
भन्नुभयो, ‘हामी समाजवादउन्मुख मान्यताका पनि पक्षपाती हौं । सार्वजनिक नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडेलको विकास गर्न पनि प्रतिवद्ध छौ । समावेशी लोकतन्त्र, इन्क्लुसिभ डेमोक्रेसी, यो प्रयोगमा छ । यसका विरुद्ध विभिन्न कोणबाट प्रहार पनि भइरहेका छन्, त्यो प्रहार विरुद्ध हामी संघर्षरत पनि छौं । अहिले पनि समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्ने कुरामा सार्वजनिक नीजि र सहकारीको समन्वयात्मक नयाँ मोडलको विकास गर्ने कुरामा विवाद र बहस कायमै रहेको छ ।’
प्रतिक्रिया दिनुहोस्