अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २६ फागुन । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३५ सयले घटेर प्रतितोला १ लाख २ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख १ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।