चितवन, २८ फागुन । चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र उनको नवजात शिशुको मृत्यु भएको छ ।
अस्पतालका अनुसार भरतपुर फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका-४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी) को मृत्यु भएको हो ।
गंगाले साधारण तरिकाले नै शुक्रबार छोरी जन्माएकी थिइन् । उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालका प्रसूति रोग विभागका प्रमुख डा.सुनिलमणि पौडेलले डिआइटी भएका कारण सुत्केरी महिलाको मृत्यु भएको बताए ।










प्रतिक्रिया दिनुहोस्