समाचार

किमाथांकाबाट एकजना चिनियाँ पक्राउ



संखुवासभा, २८ फागुन । संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकाबाट एकजना चिनियाँ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार २८ वर्षीय चाऊ चिनचियानलाई पक्राउ गरी शुक्रबार दिउँसो हेलिकप्टरमार्फत अध्यागमन विभाग कालिकास्थान काठमाडौँ लगिएको छ ।

उनी के कति कारणले संखुवासभा आएका थिए भन्ने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । चिनियाँ चिनचियानलाई संखुवासभाको भोटखोला–१ को किमाथाङ्का नाका नजिकै बाट शुक्रबार नियन्त्रणमा लिएको हो ।