वीरेन्द्रनगर, २९ फागुन । भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरिगङ्गा नगरपालिका-११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा रीगङ्गा नगरपालिका-११ का १० वर्षीया गङ्गा खड्का, आठ वर्षीया कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा बेपत्ता भएका हुन् ।
शनिबार साँझ उनीहरू नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको छ ।










प्रतिक्रिया दिनुहोस्