विराटनगर,२९ फागुन । मोरङको सुन्दरहरैचा–७ की २१ महिने एक बालिकाको मृत्युको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय अजय चौधरी र मिथुन चौधरीलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै जना नाबालिकाकी छिमेकी हुन् । जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जीसीले दुई युवकलाई पक्राउ गरिएको जानकारी दिंदै उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिए ।
शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घर नजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उनको उपचारको क्रममा शनिबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्