समाचार

आजको मौसम



काठमाडौँ, ३० फागुन । हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार भने देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।