अर्थ

नेपाल टेलिकमले पहिलोपटक बोनस सेयर दिँदै



काठमाडौँ, १ चैत । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई पहिलोपटक बोनस सेयर प्रस्ताव गरेको छ । १५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत  लाभांश दिने प्रस्ताव गरेको छ ।