काठमाडौँ, ३ चैत । प्रहरीले काठमाडौँको विभिन्न ठाउँबाट उच्छृङ्खल तरिकाले होली खेल्ने ४२ जनालाई पक्राउ गरेको छ ।
होली खेल्ने नाममा अमर्यादित गतिविधि गरेको भेटिएपछि प्रहरीले काँडाघारीबाट १३ जना, सोह्रखुट्टे एरियाबाट ३ जना, न्युरोडबाट १६ जना, दरबारमार्गबाट १ जना र महाराजगन्जबाट ८ जनालाई पक्राउ गरेको छ ।
त्यस्तै स्वयम्भूबाट १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जबर्जस्ती लोला हान्ने, रंग दल्ने र विपरित लिंगीलाई दुव्र्यवहार गर्नेहरु छन् ।उनिहरुलाई कसुर अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्