प्युठान, ५ चैत । प्युठानमा यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
शनिबार प्युठानबाट घोराही जाँदै गरेको ना.३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना दुर्घटना हुँदा घोराही उपमहानगरपालिका १ की एक वर्षीया अंशु परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाइते भएकाहरुलाई अहिले घोराहीको राप्ती स्वास्थ्य प्रतिष्ठानमा ल्याइएको छ । गम्भिर घाइते ४ जना बाहेक अन्य सबैको अवस्था सामान्य रहेको रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्