काठमाडौँ, ६ चैत । गायक प्रकाश सपूतले आफ्ना नयाँ गीत ‘पिर’को भिडियोको विवादित दृश्य हटाएका छन् ।
तत्कालीन माओवादी जनयुद्धका महिला लडाकु हाल यौन पेशा गर्न बाध्य भएको दृश्य भिडियोबाट हटाइएको छ । उनले आफूलाई कसैको दबाब वा धम्की आएका कारण भने नहटाएको स्पष्ट पारेका छन् ।
“पिरले सफलता मात्रै होइन धेरै कुरा सिकाएको र सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह÷समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत गराएको छ,” उनले भनेका छन्, “सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यद्यपि, सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने की सिर्जनाप्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ ।”
प्रतिक्रिया दिनुहोस्