अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ६ चैत । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सयले घटेर प्रतितोला ९९ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८  हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।