काठमाडौँ, ६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख विशेषज्ञ पदपूर्तिको प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै रिक्त रहेको सो पदका लागि ११औँ तहका कर्मचारीबाट बढुवाका लागि विवरण माग गरेको हो । मन्त्रालयले योग्यता पुगेका कर्मचारीलाई आजको १५ दिनभित्र अनलाइनमार्फत व्यक्तिगत विवरण बुझाउन भनेको छ ।










प्रतिक्रिया दिनुहोस्