Banner News

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक



काठमाडौँ, ६ चैत । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

देउवाले आज दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि देउवाले आजका लागि बोलाएको बैठक महत्वपूर्ण रुपमा हेरिएको छ ।