चितवन, ७ चैत । चितवनको माडीमा एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं. ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई पक्राउ गरिएको हो ।
घटना भएको चार दिनपछि चैत ३ गते छात्राकी आमाले इलाका प्रहरी कार्यालय माडीमा आशय करणी अन्तर्गत किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि प्रहरीले लामिछानेलाई पक्रेको हो ।










प्रतिक्रिया दिनुहोस्