Banner News

४५ जनामा कोरोना संक्रमण, १४७ जना डिस्चार्ज



काठमाडौँ, ७ चैत । थप ४५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार २ सय जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ३५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ सय ४७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६२ हजार ७ सय २९ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना रहेको मन्त्रालयले जनाएको छ ।