काठमाडौँ, ७ चैत । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ ।
आज बसेको पोलिटब्युरो बैठकले स्थायी कमिटीमा उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णयअनुमोदन गर्दै मापदण्ड बनाएको हो ।
१.जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन हुनेछ ।
२. कार्य क्षमता, विकास र सुशासनप्रति दृष्टिकोण, लोकप्रियता र चुनावमा जित्ने आधार, पार्टीको आन्दोलनमा पुर्याएको योगदान र पार्टीप्रति निष्ठाका साथै सन्तुलन र समवेशीलाई उम्मेदवार छनोटको मापदण्ड बनाइएको छ ।
३. एमालेमा वडा सदस्य र वडाध्यक्षहरुको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने जिल्ला कमिटीले निर्णय गर्नेछ ।
४. पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका कमिटीको सुझावमा जिल्लाले सिफारिस गर्नेछ भने प्रदेश कमिटीले निर्णय गर्नेछ ।










प्रतिक्रिया दिनुहोस्