समाचार

अवैध सुनसहित भारतीय नागरिक पक्राउ



काठमाडौँ, ८ चैत । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो २६८ ग्राम सुनसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरालाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो ।

मेहराले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो २६८ ग्रामको सुन प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनलाई बरामद सुनसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।