अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ९ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ११ सयले घटेर प्रतितोला ९९ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।