मकवानपुर, ९ चैत । ४२ किलो गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिका-६स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना६ख ४४०९ नम्बरको ट्रकलाई चेकजाँज गर्दा चालक बस्ने पछाडी गाँजा भेटिएपछद्धि उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका-६ बस्ने ३१ वर्षीय टिपर चालक ईश्वर पाठक, सहचालक २२ वर्षीय सागर थिङ, रामग्राम नगरपालिका १२ बस्ने ६० वर्षीय राजेशप्रसाद रौनियार र ४० वर्षीया रेश्मा भर रहेका छन् ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्