समाचार

आज विश्व क्षयरोग दिवस मनाइँदै



काठमाडौँ, १० चैत । नेपालमा पनि ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । नेपालमा आर्थिक वर्ष २०७४/७५ सम्म १ लाख १७ हजार क्षयरोगका बिरामी रहेको सरकारको तथ्यांक छ ।

राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले नेपालमा यो संख्या वार्षिक रुपमा ६९ हजारका दरले थपिने गरेको देखाएको छ । चालु आर्थिक वर्षसम्म २८ हजार ६७७ जना बिरामीहरु मात्रै उपचारको क्रममा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।

नेपालमा ४१ हजार ५०० क्षयरोगीहरु उपचारको पहुँच बाहिर रहेको केन्द्रको तथ्यांक छ । क्षयरोग नियन्त्रणका लागि सरकारले चालु आर्थिक वर्षमा ७२ करोड रुपैयाँ बजेट छुट्याएको छ ।