राजनीति

महराका स्वकीय सचिव शर्मा पत्नीसहित एमालेमा प्रवेश



दाङ, १० चैत । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीसँगै पत्नी सीता चौधरी पनि एमाले प्रवेश गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई पार्टीमा स्वागत गरेका छन् ।

शर्मा माओवादी घोराही उपमहानगर अध्यक्ष थिए भने पत्नी २०७४ को स्थानीय चुनावमा घोराही उपमहानगरपालिकामा माओवादीबाट उपमेयरमा चुनाव लडेर पराजित भएकी थिइन ।