राजनीति

निर्वाचनमा गठबन्धन गर्ने विषयमा कांग्रेसभित्र फरक–फरक सुझाव



काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसभित्र निर्वाचनमा गठबन्धन गर्ने विषयमा फरक–फरक सुझावहरु आएका छन् ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कमिटी बैठकमा निर्वाचन केन्द्रीत अभियानका बिषयमा लिइएको सुझावका क्रममा बैठकमा आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने कतै गठबन्धन नगरे पनि भनेर फरक फरक ठाउँहरुबाट रिपोर्टहरु आएको बताइएको छ ।

आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ भन्ने सुझावहरु आएको र पार्टी नेतृत्वले त्यसमाथि छलफल गर्ने भएको छ । छलफलपछि कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले चुनावी गठबन्धनको निर्णय नगर्न आग्रह गरेको बताए ।

उनले गठबन्धन गर्ने कि नगर्ने टिकट वितरण गर्ने अधिकार प्राप्त समितिलाई दिनुपर्ने बताए । त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीको निर्णयलाई आफुले मान्य भन्दै निर्वाचनमा एक्लै लड्नुपर्छ भन्ने आफ्नो धारणा रहेको बताए । कांग्रेस बैठक पुनः आइतबार बस्ने नेताहरुले जनाएका छन् ।