काठमाडौँ, १३ चैत । देशका केही भागमा पानी पर्ने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।










प्रतिक्रिया दिनुहोस्