समाचार

मूल्य बढाउन सिटामोलको तौल बढाइयो



काठमाडौँ, १३ चैत । सरकारले सिटमोलको वजन बढाएर मूल्यवृद्धि गरेको छ ।

बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले झण्डै ५० वर्षदेखि ५०० एमजीमा उत्पादन हुँदै आएको सिटामोललाई ६५० एमजीमा उत्पादनका लागि औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो ।

औषधि उत्पादकहरुले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका थिए । तर, सरकारले ५०० एमजीमा मूल्य नबढाउने भएपछि त्यसको साटो वजन बढाएर सोही अनुपातमा मूल्य बढाउने चलखेल भएको औषधि व्यवस्था विभागकै कर्मचारीहरु बताउँछन् ।

सिटामोलको वजन बढेसँगै एक ट्याब्लेट सिटामोलको मूल्य २ रुपैयाँभन्दा बढी निर्धारण गर्ने तय भएको छ ।