काठमाडौँ, १३ चैत । नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आज बस्दैछ ।
आइतबार अपरान्ह ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्युमा बैठक बस्ने भएको हो । हालै सकिएको केन्द्रीय कमिटीले पारित गरेका विषयबस्तुमा आधार रहेर बैठक स्थानीय तह निर्वाचन केन्द्रित रहने बताइएको छ । निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टीलाई निर्वाचनमा परिचालन गर्ने योजना बैठकबाट तय गरिने छ ।










प्रतिक्रिया दिनुहोस्