काठमाडौँ, १३ चैत । नेपाल नर्सिङ काउन्सिलले नर्सिङतर्फको २९औं मिडवाइफरीतर्फको छैटौं नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
काउन्सिलले शनिबार लिएको परीक्षामा नर्सिङतर्फका ४५ प्रतिशत अनुत्तीर्ण भएका छन् । नर्सिङ तर्फको लाइसेन्स परीक्षामा एक हजार ४८३ जनाले फारम भरेका थिए।
तीमध्ये ८ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी भएका एक हजार ४७१ जनामध्ये ८०७ जना अर्थात ५४.८६ प्रतिशत उत्तीर्ण भएका छन् । यसैगरी, मिडवाइफ्रीतर्फ भने तीन जना सहभागी भएकामा सबै उत्तीर्ण भएका छन् ।
प्रतिक्रिया दिनुहोस्