दार्चुला, १४ चैत । ड्युटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।
अपि हिमाल गाउँपालिका-३ पाथामा आइतबार नेकपा (एमाले) को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।
हेलिकप्टरमार्फत् उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्