काठमाडौँ, १४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने भएका हुन् । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भ्रमण दलमा देउवा पत्नी आरजु राणा पनि रहने छिन् ।










प्रतिक्रिया दिनुहोस्