काठमाडौँ, १६ चैत । दरबारमार्गस्थित होटल अलोफ्टद्वारा सञ्चालित वाल्डो क्यासिनोबाट दुई नेपाली पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार राति साढे ११ बजे १५ थान क्वाइन र ९९ हजार रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
यस्तै, प्रहरीले दुई थान भारतीय नक्कली आधार कार्ड बरामद गरेको छ । उनीहरूलाई जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । क्यासिनोमा नेपाली नागरिक छिर्न प्रतिबन्ध छ ।










प्रतिक्रिया दिनुहोस्