राजनीति

अहिल्यै गठबन्धन तोड्नु हुँदैन: नेत्री कोइराला



विराटनगर, १६ चैत । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले गठबन्धनको अहिल्यै तोडन नहुने बताएकी छन् ।

आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन् “गठबन्धनको अहिल्यै तोडनु हुँदैन । मिलेरै निर्वाचन सम्पन्न गर्ने दायित्व समेत हाम्रै हो, “पार्टीको केन्द्रीय समितिले जे निर्णय गर्छ, त्यसलाई मानेर अघि बढ्नुको विकल्प छैन ।”

उनले तालमेलको विरोध गर्नुको कुनै तुक नरहेको जिकिर बताउदै भनिन् “अहिलेको परिस्थितमा कांग्रेस गठबन्धनबाट भाग्नु हुँदैन । हिजोको कठिन परिस्थितिमा गठबन्धनकै कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको हो ।”

प्रतिनिधिसभाको अब हुने निर्वाचनमा आफू गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रबाट उमेदवार हुने पनि उनले बताइन् । पार्टीभित्र देखिएका फरक मत र समूहका विषयमा टिप्पणी गर्दै उनले सबै एकजुट भएर कांग्रेसलाई विजयी गराउन लाग्नुपर्ने उल्लेख गरिन् ।