काठमाडौँ, १६ चैत । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार सर्वोच्चमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले श्रेष्ठलाई शपथग्रहण गराएका हुन् ।
कार्यक्रममा सर्वोच्चका अरू न्यायाधीशलगायत व्यक्तिको उपस्थिति थियो । न्यायपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गरेकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्